समाचार
मायादेवी गाउपालिका रुपन्देहीको दोस्रो सभा सम्पन्न
मिति २०७४ फाल्गुन १४ गते मायादेवी गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न भयो । गाउंपालिका अध्यक्ष श्री ध्रुव नारायण चौधरीको अध्यक्षतामा सभा संचालन भएको थियो  अन्तिम दिन  १४ गते मायादेवी गाउंपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने ) ऐन,२०७४ पारित गरिएको थियो। सो ऐन विधायन समितिका संयोजक पल्टु लोधले सभामा पेश गर्नु भएको थियो । यसै गरी भौतीक पूर्वाधार विकास समितिका संयोजक श्री चोक बहादुर थापाले पहिलो सभाले पारित गरेको बार्षिक विकास योजना तथा कार्यक्रम २०७४⁄०७५ मा केही संशोधन तथा परिमार्जन गर्न     सभामा पेश गर्नु भएको थियो र सभाध्यक्षले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको थियो । सभामा गाउँसभाका सदस्य श्री उमाशंकर चौधरी ,सिता वि.क., धनपाल मल्लाह ,राजेन्द्र यादव, विक्रम सुनार लगाएतले आ-आफ्नो भनाईहरु राख्नु भएको थियो ।२०७४ फागुन ९ गतेबाट संचालन भएको सभाले मायादेवी  गाउँपालिकाको  गाउं सभा संचालन कार्य विधि २०७४ र ७ वटा ऐन  पारित गरेको थियो । पारित भएका ऐनहरुमा  
१- मायादेवी गाउँपालिकाको आर्थिक कार्यविधि नियमित गर्ने ऐन, २०७४ 
२-मायादेवी गाउपालिकाको शिक्षा ऐन ,२०७४ 
३- मायादेवी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई ऐन , २०७४ 
४-मायादेवी गाउँपालिकाको कृषि ब्यवसाय प्रबर्द्धन ऐन , २०७४ 
५- मायादेवी गाउँपालिकाको भौतिक पूर्वाधर विकास सम्बन्धी ऐन ,२०७४ 
६-मायादेवी गाउँपालिकाको सहकारी ऐन,२०७४ 
७ - मायादेवी गाउंपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने ) ऐन,२०७४ रहेका छन् ।    
सभालाइ समापन मन्तब्य दिदै मायादेवी गाउंपालिकालाइ  नमूना गाउंपालिकाको रूपमा विकास गर्न सभा सदस्यहरू इमान्दरी पूर्वक लाग्नु पर्दछ र अबको समय विकास निर्माणको समय हुनाले गुणस्तरीयरूपमा योजना सम्पनन गर्न सबै आ आप्नो ठाउंबाट लाग्न आग्रह गर्दै  अनुगमन मुल्याङकन लाइ प्रभावकारी बनाइने जानकारी दिदै  सभा सदस्यहरूको सल्लाह र सुझाव अनुसार गाउंपालिकाको विकासमा लाग्ने प्रतिबद्धता सहित सम्पूर्णलाई धन्यवाद दिदै सभा अन्त्य गर्नु भएको थियो ।