विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
कृषि विकास शाखा अन्तर्गतको "५०% अनुदानमा कृषि यान्त्रीकरण प्रबर्धन कार्यक्रम"का लागि आवेदन स्विकृत गरिएको सूचना !!! - मायादेवी गाउँपालिका, बरेवा, रुपन्देही ।
मिति २०८३/०३/०९ गतेको दोस्रो बैठक सँगै मायादेवी गाउँपालिका, रुपन्देहीको गाउँ सभाको २० औं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभा बैठकका केहि तस्वीरहरु...
मायादेवी गाउँपालिका, रुपन्देहीको आ.ब. २०८३/८४ को बजेट प्रस्तुतिकरण
मायादेवी गाउँपालिका रुपन्देही ,बरेवा को निती तथा कार्यक्रम २०८३/८४